+977 9851132218 i@safaurja.com डाउनलोड ☀️ २१° रत्ननगर EN|नेपाली

गोपनीयता नीति

अन्तिम अद्यावधिक: ३ नोभेम्बर २०२६

हामी को हौं

सफा ऊर्जा उत्पादन प्रा. लि. (कम्पनी दर्ता नम्बर १६४३४३/०७३/०७४), पूर्वी चितवन, नेपालले safaurja.com र सफा ऊर्जा एपमार्फत व्यक्तिगत जानकारी कसरी प्रयोग गर्छ भन्ने कुरा यो नीतिले बताउँछ। सम्पर्क: i@safaurja.com।

एप दर्ताका लागि चाहिने जानकारी

एप हाललाई रत्ननगर नगरपालिकाका बासिन्दा र व्यवसायका लागि मात्र उपलब्ध छ। दर्ताका लागि हामी यी विवरण माग्छौं:

दर्ता गर्दा हामी तपाईंको सहमति माग्छौं। यी विवरण नदिएमा खाता बनाउन नसकिन सक्छ।

एपमा प्रयोग हुने जानकारी

एपमा प्रोफाइल, घरपरिवार, परिवारका सदस्य, घर र घरधनीको जानकारी, भुक्तानी इतिहास, गुनासो र प्रतिक्रिया पनि रहन सक्छन्।

वेबसाइटबाट प्राप्त जानकारी

जानकारी किन प्रयोग गर्छौं

तपाईंले अर्को प्रयोगमा सहमति नदिएसम्म वा कानुनले अनुमति वा आवश्यक नगरेसम्म जानकारी संकलन गर्दा बताइएको उद्देश्यका लागि मात्र प्रयोग गर्छौं।

जानकारी कसले पाउन सक्छ

हामी व्यक्तिगत जानकारी बिक्री गर्दैनौं। आवश्यक जानकारी मात्र हाम्रो एप निर्माता Sabhriti Solutions; होस्टिङ, विश्लेषण, इमेल र स्थान सेवा प्रदायक; सेवाका लागि आवश्यक परे रत्ननगर नगरपालिका; र कानुनले माग गरे सम्बन्धित निकायलाई दिन सकिन्छ। केही प्रदायकले नेपालबाहिर जानकारी प्रशोधन गर्न सक्छन्। तपाईंको छुट्टै सहमति आवश्यक परे हामी माग्नेछौं।

जानकारी कति समय राख्छौं

खाता वा सेवा सक्रिय रहँदासम्म जानकारी राख्छौं। त्यसपछि सेवा अभिलेख, विवाद, सुरक्षा वा कानुनी दायित्वका लागि आवश्यक समयसम्म मात्र राख्छौं, अनि मेटाउँछौं वा पहिचान हुन नसक्ने बनाउँछौं।

तपाईंका विकल्प र खाता मेटाउने तरिका

तपाईं आफ्नो जानकारी हेर्न वा सच्याउन, सहमति फिर्ता लिन, वा एप खाता र सम्बन्धित जानकारी मेटाउन अनुरोध गर्न सक्नुहुन्छ। दर्ता भएको इमेलबाट i@safaurja.com मा इमेल गर्नुहोस्। हामीले तपाईंको पहिचान पुष्टि गर्नुपर्न सक्छ। कानुन वा वैध सेवा अभिलेखका कारण केही जानकारी राख्नुपरे के र किन राखिएको छ भनेर जानकारी दिनेछौं।

सुरक्षा र बालबालिका

हामी उचित सुरक्षा उपाय अपनाउँछौं, तर कुनै पनि अनलाइन प्रणाली पूर्ण रूपमा सुरक्षित हुँदैन। एप खाता घरपरिवार वा व्यवसायको जिम्मेवार वयस्कका लागि हो। कुनै बालबालिकाले जानकारी दिएको लागेमा हामीलाई सम्पर्क गर्नुहोस्।

कानुनी आधार र परिवर्तन

यो नीति नेपालको वैयक्तिक गोपनीयता ऐन, २०७५, वैयक्तिक गोपनीयता नियमावली, २०७७, र Apple तथा Google का एप गोपनीयता आवश्यकतालाई आधार मानेर तयार गरिएको हो। हाम्रो अभ्यास बदलिएमा यो पृष्ठ अद्यावधिक गर्नेछौं।

सम्पर्क गर्नुहोस्